आइपिएल : प्लेअफ पुग्ने लक्ष्यकासाथ आज मुम्बईसँग भिड्दै दिल्ली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आइपिएल : प्लेअफ पुग्ने लक्ष्यकासाथ आज मुम्बईसँग भिड्दै दिल्ली


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ : ४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने योजनामा छ । दिल्लीलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ ।

आजका खेलमा पराजित भए दिल्लीको यो सिजन आइपिएल यात्रा समाप्त हुनेछ । यता मुम्बई आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।

लिगमा १३ खेल खेलेको दिल्ली १४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । चौथो स्थानमा रहेको बैंगलोरको १४ खेलबाट १६ अङ्क छ । दिल्लीले जित निकाल्न नसकेमा बैंगलोर प्लेअफमा पुग्नेछ ।

दिल्लीले जितेमा समान १६ अङ्क भएपनि नेटरनरेटका आधारमा दिल्ली प्लेअफमा पुग्ने छ । त्यसैले दिल्लीलाई आजको खेलमा जितको विकल्प छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस