बागमती प्रदेशका ११४ पालीकाको नतिजा : कसले कति जिते ? « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बागमती प्रदेशका ११४ पालीकाको नतिजा : कसले कति जिते ?


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । १३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तहमध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आएको छ।

जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी ५६ पालिकामा प्रमुख पद जितेको छ।

यस्तै नेकपा एमालेले २६ पालिकामा प्रमुख पद जित्दा नेकपा माओवादी केन्द्रले २५ पालिमा प्रमुख पद जितेको छ।

यस्तै नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित ५ पालिकामा प्रमुख पद जितेको छ। नेपाल मजदुर किसान पार्टी र राप्रपाले समान १-१ पालिकामा प्रमुख पद जितेका छन्।

अब बागमती प्रदेशमा ५ वटा पालिकाको नतिजा आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस