बुटवल उपमहानगर अपडेट : मेयरमा पाण्डेय, उपमेयरमा अर्यालको जित लगभग निश्चित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुटवल उपमहानगर अपडेट : मेयरमा पाण्डेय, उपमेयरमा अर्यालको जित लगभग निश्चित


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको छ ।

बुटवल-११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको अग्रता सोभन्दा बढी भएको छ ।

पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेका छन् । बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चीनबहादुर गुरुङभन्दा अर्याल ६ हजार बढी मतले अगाडि छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस