कञ्चनपुरमा जिपको ठक्करबाट दुई जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कञ्चनपुरमा जिपको ठक्करबाट दुई जनाको मृत्यु


७ जेष्ठ २०७९, शनिबार


बस दुर्घटना

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी-झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट धनगढी तिर आइरहेको से १ च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ गइरहेको म २ प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका-५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएका बमद्धयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । जिप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस