सिरहाको मिर्चैयामा मतगणना सम्पन्न, नतिजा सार्वजनिक नगरेको भन्दै माओवादी गर्‍यो सडक अवरुद्ध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिरहाको मिर्चैयामा मतगणना सम्पन्न, नतिजा सार्वजनिक नगरेको भन्दै माओवादी गर्‍यो सडक अवरुद्ध


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिकामा मतगणना सम्पन्न भएको ६ घण्टा भन्दा बढी समय बितिसक्दा पनि निर्वाचित उम्मेदवारको नाम घोषणा गर्न निर्वाचन अधिकृतको कार्यालयले आलटाल गरेको भन्दै नेकपा माओवादी केन्द्रले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।

अन्तिम मत परिणाम अनुसार माओवादीका मिर्चैया नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा श्रवण कुमार यादव र उप प्रमुखमा जिवछी देवी साह पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । तर निर्वाचन अधिकृतले आलटाल गरेपछि सडक जाम गरेको मधेस प्रदेशका प्रदेश सांसद जगतप्रसाद यादवले जानकारी दिए ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाइमा निर्वाचन अधिकृत, स्थानीय प्रहरी प्रशासन विरुद्ध पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।

प्रदेश सांसद जगतप्रसाद यादवले गृहमन्त्री पत्नीको निर्देशनमा प्रहरी प्रशासन र निर्वाचन अधिकृतको मिलेमतोमा मत परिणाम सार्वजनिक गर्न चलखेल गरिरहेको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस