२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमालय एयरलाइन्सको सगरमाथा आरोहण

अ+ अ-

काठमाडौँ । हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डङ्गोलसहितको सगरमाथा आरोहण टोलीले यही मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ ।

स्थानीय समयअनुसार यही जेठ २ बिहान ७तः३० बजे थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग परिचारिका डङ्गोलले सगरमाथाको चुचुरो आरोहण गरेका हुन् ।

सुश्री डङ्गोल आज सकुशल काठमाडौँ फर्किएको र उनलाई गैरीधारास्थित एयरलाइन्सको मुख्य कार्यालयमा कार्यक्रम गरी स्वागत गरिएको सो एयरलाइन्सले जनाएको छ । कार्यक्रममा एयरलाइन्सका अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डङ्गोललाई स्वागत गरेका थिए । टोलीलाई बधाई दिँदै उनले भने, ‘यो हाम्रा लागि निकै महत्त्वपूर्ण परियोजना हो । हिमालय एयरलाइन्सका लागि यो वास्तवमै सुखद उपलब्धि हो । यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ ।’

डङ्गोलले यसअघि मेरा, आई ल्यान्ड र लोबुचे गरी तीन वटा चुचुरो आरोहण गरिसकेका छन् । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हिमालय एयरलाइन्सका मुख्य उद्देश्य मध्य नेपाली पर्यटन प्रवर्द्धन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवर्द्धनमा हिमालयको एउटा सानो कदम मात्र हो । हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौँ ।’

डङ्गोलले शिखर आरोहणमा एअरलाइन्स्को प्रतिनिधित्व गर्न पाउनु गर्वको क्षण भएको उल्लेख गर्दै धेरै चुनौतीका बाबजुद शिखरमा पुग्न सफलता प्राप्त भएकामा सहयोग गर्ने एयरलाइन्सलगायत सबैप्रति आभार व्यक्त गरे ।