हिमालय एयरलाइन्सको सगरमाथा आरोहण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हिमालय एयरलाइन्सको सगरमाथा आरोहण


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डङ्गोलसहितको सगरमाथा आरोहण टोलीले यही मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ ।

स्थानीय समयअनुसार यही जेठ २ बिहान ७तः३० बजे थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग परिचारिका डङ्गोलले सगरमाथाको चुचुरो आरोहण गरेका हुन् ।

सुश्री डङ्गोल आज सकुशल काठमाडौँ फर्किएको र उनलाई गैरीधारास्थित एयरलाइन्सको मुख्य कार्यालयमा कार्यक्रम गरी स्वागत गरिएको सो एयरलाइन्सले जनाएको छ । कार्यक्रममा एयरलाइन्सका अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डङ्गोललाई स्वागत गरेका थिए । टोलीलाई बधाई दिँदै उनले भने, ‘यो हाम्रा लागि निकै महत्त्वपूर्ण परियोजना हो । हिमालय एयरलाइन्सका लागि यो वास्तवमै सुखद उपलब्धि हो । यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ ।’

डङ्गोलले यसअघि मेरा, आई ल्यान्ड र लोबुचे गरी तीन वटा चुचुरो आरोहण गरिसकेका छन् । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हिमालय एयरलाइन्सका मुख्य उद्देश्य मध्य नेपाली पर्यटन प्रवर्द्धन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवर्द्धनमा हिमालयको एउटा सानो कदम मात्र हो । हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौँ ।’

डङ्गोलले शिखर आरोहणमा एअरलाइन्स्को प्रतिनिधित्व गर्न पाउनु गर्वको क्षण भएको उल्लेख गर्दै धेरै चुनौतीका बाबजुद शिखरमा पुग्न सफलता प्राप्त भएकामा सहयोग गर्ने एयरलाइन्सलगायत सबैप्रति आभार व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस