२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोसीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी

अ+ अ-

इनरुवा । सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

शुक्रवार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदमा ऐयुव अन्सारी र उपाध्यक्ष पदमा अनितादेवी यादव निर्वाचित भएका हुन् ।

कोसीको अध्यक्षमा अन्सारीले एक हजार १९९ मतान्तरले विजयी भएका छन् । काँग्रेसका उम्मेदवार ऐयुव अन्सारीले ६ हजार ४१६ मत र उपाध्यक्ष पदमा अनितादेवी यादवले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल (जसपा)का अध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरेर पराजित भएका भएका छन् ।

नेपाली काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवार अनितादेवी यादवकी प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल (जसपा) बाट उपाध्यक्ष पदका उम्मेदवार अणुदेवी खेरवार चार हजार ७०८ मत प्राप्त गरी पराजित भएकी छन् । कोसी उपाध्यक्ष पदमा यादवले ६९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् । २०७४ सालको निर्वाचनमा समेत कोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा अन्सारी र यादव निर्वाचित भएका थिए ।

कोसी–१ को वडाध्यक्ष पदमा जसपाका शोभित नारायण यादव, कोसी–२ मा नेपाली काँग्रेसका ध्यानी उराँव, कोसी–३ मा नेपाली काँग्रेसका सुलेमान मन्सुरी, कोसी–४ मा नेकपा एमालेका इसराइल मियाँ, कोसी–५ मा नेपाली काँग्रेसका शाह जमाल, कोसी–६ मा जसपाका जुडिलाल कौ डगिया, कोसी–७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी–८ मा नेपाली काँग्रेसका बलरामकुमार क्षेत्री विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस