मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ


६ जेष्ठ २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ। प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् ।

बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानुनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस