दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण घट्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण घट्दै


६ जेष्ठ २०७९, शुक्रबार


सोल । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरू थोरै सङ्ख्यामा घट्दै गएको देखिएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयावधीमा यहाँ २५ हजार जनामा यसको सङ्क्रमण भएको देखिएको छ ।

यहाँ यसअघि दैनिक लाखौँ जना कोरोनाका सङ्क्रमित देखिएकामा पछिल्ला केही हप्तायता भने घट्दै गएको पाइएको हो ।यहाँ बिहीबार २५ हजार १३५ जनामा सङ्क्रमण देखिएको पाइएको छ । यहाँ अघिल्लो दिनका तुलनामा सङ्क्रमितहरू घटेका हुन् ।

बुधबार मात्र यहाँ २८ हजार भन्दा बढी सङ्क्रमित भेटिएका थिए । त्यस्तै यस हप्ताको सुरुमा ३२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका थिए ।

दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा यहाँ सङ्क्रमितको सङ्ख्या थोरै भए पनि घट्दै गएको पाइएको बताएका छन् ।

यसैसँगै कूल सङ्क्रमितको सङ्ख्या १ करोड ७९ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यहाँ अस्पताल भर्ना हुनेको सङ्ख्या भने न्यून छ । त्यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण हुने मृत्यु दर पनि यहाँ कम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस