८० प्रतिशत तहको मतगणना सम्पन्न « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

८० प्रतिशत तहको मतगणना सम्पन्न


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ८० प्रतिशत तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज दिउँसो ३ः३० बजेसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ ।

हालसम्म प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा पाँच हजार ६५९, महिला सदस्य पाँच हजार ६५३, दलित महिला सदस्य पाँच हजार ५५६ र वडा सदस्यमा ११ हजार २९५ गरी कूल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भएका छन् ।

आयोगले अबको पाँच दिनभित्र बाँकी पालिकाको गणना सकिने विश्वास लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस