२३ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

२३ अङ्कले घट्यो नेप्से


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । बुधवार झिनो अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः ओरालो लागेको छ ।

२३.५१ अङ्कले घटेर परिसूचक २ हजार २५०.९१ अङ्कमा झरेको बजारमा म्युचल फण्ड उपसमूहबाहेक कारोबारमा आएका सबै समूह राताम्मे बनेका छन् ।

बिहीबारको दोस्रो बजारमा २१९ कम्पनीका ३७ लाख ९८ हजार २६३ कित्त्ता सेयर २३ हजार ५६९ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ३० करोडमा सीमित भयो । जुन बिहीबारको भन्दा २ करोडले कम हो । कुल कारोबार भएका २१९ मध्ये बिहीबार १६९ कम्पनीको सेयर मूल्य घटे भने १९ वटा मात्रै कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बिहीबार जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले सबैभन्दा धेरैले बढ्यो भने मैलुङखोला जलविद्युत्, एनएमवी हाइब्रिड फण्डको सेयर मूल्य २ प्रतिशतले बढे ।

यता लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर धनीले बजारबाट ठुलो मात्रामा गुमाउने पुगे । सो कम्पनीको सेयर मूल्य ७.०८ प्रतिशतले घटेको थियो । यस्तै दोस्रो बजारमा धेरै गुमाउने अन्य कम्पनीहरूमा युनियन हाइड्रोपावर, सूर्योदय लघुवित्त, श्री इन्भेस्टमेन्ट लगायत रहे । कम्पनीको सेयर मूल्य कम्तीमा ५ देखि ४ प्रतिशतसम्मले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस