कुटपिटबाट घाइते भएका शाहीको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कुटपिटबाट घाइते भएका शाहीको मृत्यु


५ जेष्ठ २०७९, बिहिबार


हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ ।

आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो ।

सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर गरिएको थियो ।

मृतक शाहीको शव आफन्तले बुझ्न मानेका छैनन् । कुटपिटमा संलग्न भएको आरोपमा ९ जनाविरुद्ध उजुरी दर्ता गरे पनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म पक्राउ नपरेपछि शव नबुझेको मृतकका छोराले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस