काठमाडौँ महानगर अपडेट : बालेनलाई १० हजार मतको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगर अपडेट : बालेनलाई १० हजार मतको अग्रता


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरमा ५८ हजार ७६ मतगणना भएको छ ।

प्राप्त नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार मत कटाएका छन् । उनले २२ हजार १८९ मत पाएका छन् ।

प्रतिस्पर्धी एमाले उम्मेदवार केशव स्थापितले भने आधा कम मत पाएका छन् । स्थापितले ११ हजार ६७१ मत पाएका छन् ।

काँग्रेस उम्मेदवार सिर्जना सिंहले १० हजार ९६३ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस