काठमाडौँ महानगर अपडेट : बालेन १० हजारभन्दा बढी मत अन्तरले अगाडि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगर अपडेट : बालेन १० हजारभन्दा बढी मत अन्तरले अगाडि


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौँ महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।

आज (बिहीबार) बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् ।

उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।

उपप्रमुखमा नेकपा एमालेकी सुनिता डङ्गोलले फराकिलो मतले अन्तर बढाइरहेकी छिन् ।

उनले १९ हजार ९५६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस