ललितपुर महानगर अपडेट : चिरिबाबुको निरन्तर अग्रता, आधा कम मतले पछ्याउँदै व्यञ्जनकार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललितपुर महानगर अपडेट : चिरिबाबुको निरन्तर अग्रता, आधा कम मतले पछ्याउँदै व्यञ्जनकार


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । ललितपुर महानगरमा मतगणना जारी छ । पछिल्लो जानकारी अनुसार यहाँ ३१ हजार १९ मतगणना भइसकेको छ ।

प्राप्त जानकारी अनुसार गठबन्धनको सहयोगमा काँग्रेस उम्मेदवार चिरिबाबु महर्जनले १६ हजार ४०९ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९३७ मत प्राप्त गरेका छन् । राप्रपाका अष्ठ महर्जनले १ हजार ३४१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने गठबन्धन पछाडि परेको छ । गठबन्धनको सहयोगमा नेकपा एमाले नेतृ मन्जली शाक्यले ८ हजार ८४० मत प्राप्त गरेकी छन् ।

गठबन्धनको सहयोगमा माओवादी उम्मेदवार बाबुराज बज्राचार्यले ६ हजार ५८३ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाकी स्वर्निमा शाक्यले २ हजार ४२५ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस