ताप्लेजुङमा चार स्थानीय तहमा काँग्रेस विजयी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ताप्लेजुङमा चार स्थानीय तहमा काँग्रेस विजयी


५ जेष्ठ २०७९, बिहिबार


फुङ्लिङ । ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली काँग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ ।

नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।

प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।

यस्तै आठराई त्रिवेणी, सिदिङवा र पाथीभरा याङवरक गाउँपालिकामा एमाले र फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसले फक्ताङलुङ र मैवाखोलामा जित हासिल गरेको छ ।

एमालेले फुङ्लिङ नगरपालिकामा उपप्रमुख तथा आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ ।

यस्तै मिक्वाखोला, सिदिङवा र सिरिजङ्गामा माओवादी केन्द्रले उपाध्यक्षमा जितेको छ । मेरिङदेनमा एकीकृत समाजवादी उपाध्यक्षमा विजयी भएको छ ।

नौ स्थानीय तहको ६१ वडामध्ये ३० वडामा एमाले, १५ वडामा काँग्रेस, १० वडामा माओवादी केन्द्र, दुईमा एकीकृत समाजवादी र एउटामा सङ्घीय लिम्बुवान मञ्च विजयी भएको छ ।

त्यस्तै ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस