विवाद नमिल्दा तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विवाद नमिल्दा तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । मङ्गलवार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा सङ्ख्या तलमाथि भएपछि विवाद भएको थियो ।

विवाद मिलाएर मतगणना गर्ने भनिए पनि दुवै पक्षको आ-आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताए। नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।

मङ्गलवार दिउँसो एमाले बाहेकका दलहरूले पत्रकार सम्मेलन गरेर मत गणनामा खटिएका कर्मचारीहरूलाई हटाउन र मतपत्रहरूको यथार्थ छानबिन गरी पुनः मतगणनाको व्यवस्था मिलाउन माग गरेपछि एमालेले पुन गणना गर्न मानेको छैन ।

तर गठबन्धनका दलहरूले वडा नम्बर २ र १६ को पुन मत गणना हुनुपर्ने माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर मतगणना अघि बढाउन खोजेको भए पनि दुवै पक्ष एकै ठाउँमा बस्न नमान्दा बैठक बस्न नसकेको निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस