निरन्तर मतान्तर बढाउँदै रेनु, उपमेयरमा चित्रसेन झन्डै दोब्बर मतले अगाडी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

निरन्तर मतान्तर बढाउँदै रेनु, उपमेयरमा चित्रसेन झन्डै दोब्बर मतले अगाडी


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन्।

पछिल्लो विवरण अनुसार रेनुले विजय सुवेदीलाई १३४४ मतले पछि पारेकी छन्।

२६ हजार २६ मत गणना हुँदा रेनुले ९३६३ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ८०१९ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत पाएका छन्।

उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी १११३६ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरुङले ६५३५ मत ल्याएर पछ्याइरहेकी छन्।

भरतपुरमा काँग्रेस र माओवादीबिच चुनावी तालमेल छ। भरतपुरमा अहिले वडा नम्बर ६ को मत गणना भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस