काठमाडौँ महानगर अपडेट : वडा नम्बर २९ को मतगणना सुरु, बालेन र सुनिताकै प्रारम्भिक अग्रता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ महानगर अपडेट : वडा नम्बर २९ को मतगणना सुरु, बालेन र सुनिताकै प्रारम्भिक अग्रता


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २९ को मतगणना सुरु भएको छ ।

यो वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा रुखमा ६२ र सूर्यमा ३२ भोट खसेको छ ।

उपमेयरको प्रतिस्पर्धामा पनि एमालेकी सुनिता डङ्गोल नै अगाडि छन् ।

उनले ५१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ३२ भोट आएको छ ।

अहिलेसम्म मेयर उम्मेदवार बालेनले १२५५३ मत ल्याएर अग्रता कायम राखेका छन् ।

यस्तै एमाले उम्मेदवार केशव स्थापितले ६७०६ र काँग्रेस उम्मेदवार सिर्जना सिंहले ५९५७ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस