खरेल नेतृत्वको सुशासन पार्टीले पर्सामा जित्यो वडाध्यक्ष « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खरेल नेतृत्वको सुशासन पार्टीले पर्सामा जित्यो वडाध्यक्ष


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा रहेको नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकाको एक वडामा जित हासिल गरेको छ ।

नगरपालिकाको ९ नम्बर वडा अध्यक्षमा सुशासन पार्टीका नौसाद आलम विजयी भएका छन् । उनले ८७७ मतसहित जित हात पारेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबाबु प्रसाद चौहानले ६७८ मत प्राप्त गरे ।

यो वडामा दुई सदस्य, महिला र दलित महिला सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

१० वटा वडा रहेको यो नगरपालिकामा अहिलेसम्म एमालेका प्रदुमन प्रसाद चौहानले २९५७ मत ल्याएर अग्रता लिइरहेका छन् ।

उनलाई सुशासन पार्टीका शङ्कर राउत अहिरले २२१६ मतसहित पछ्याइरहेका छन् ।

अधिकांश वडामा उम्मेदवारी दिएको सुशासन पार्टीका उम्मेदवार वडा नम्बर दुईमा पराजित भएका छन् ।

वडा नम्बर दुईमा एमालेका केदार महतोले ५८४ मतसहित निर्वाचित हुँदा सुशासन पार्टीका सुरेन्द्रप्रसाद यादवले ४१८ मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस