१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ। स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार काँग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ ।

काँग्रेसले अहिलेसम्म १२७ स्थानमा विजयी हासिल गरेको छ भने १८० पालिकामा अग्रता कायमै राखेको छ ।

विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ ।

काँग्रेसले १२७ तहमा विजय हासिल गर्दा एमालेले पछ्याइरहेको छ । एमालेले अहिलेसम्म ७६ पालिकाको नेतृत्व लिन सफल भएको छ भने ११८ तहमा अग्रता कायमै राखेको छ ।

नेकपा माओवादी केन्द्रले भने एमालेलाई पछ्याइरहेको छ । माओवादीले अहिलेसम्म ६१ तहमा विजय हासिल गरेको छ । ५३ तहमा अग्रता कायमै राखेको छ ।

नेकपा एकीकृत समाजवादीले भने निकै कम स्थानमा विजय हासिल गरेको छ । अहिलेसम्म जम्मा ४ तहमा विजय हासिल गरेको छ भने १७ तहमा अग्रता लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस