काठमाडौँ महानगर : बालेन झन्डै दोब्बर र डङ्गोलको तेब्बर मतको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगर : बालेन झन्डै दोब्बर र डङ्गोलको तेब्बर मतको अग्रता


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २४ हजार बढी मतगणना भइसकेको छ ।

ताजा मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १० हजार २ सय ४१ मतसहित अग्रता कायमै गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित बालेन भन्दा झन्डै आधा मतले पछाडि छन् । उनले पाँच हजार ४५३ मत पाएका छन् ।

यस्तै, नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना तेस्रो स्थानमा छिन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेलाई अग्रता छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डङ्गोल एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ भन्दा तेब्बर मतले अगाडी छिन् । उनले ९ हजार ८ सय ५८ मत प्राप्त गरेकी छिन् । एकीकृत समाजवादीका श्रेष्ठले २ हजार ८ सय २७ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस