सङ्घीय संसद् अधिवेशन : यस्तो छ भोलिको सम्भावित कार्यसूची « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सङ्घीय संसद् अधिवेशन : यस्तो छ भोलिको सम्भावित कार्यसूची


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सङ्घीय संसद्को अधिवेशन भोलि (मंगलबार) अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ । यो बजेट अधिवेशन हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको ११औँ र राष्ट्रियसभाको १२औँ अधिवेशन अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी छन् । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

संसद् सचिवालयले भोलिका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेलगायत सम्भावित कार्यक्रम छ ।

यस्तै, राष्ट्रियसभाको बैठकको सुरुवातमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

त्यसपछि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन, कार्यभार तोकिएको र राष्ट्रियसभामा सदस्य मनोनयनसम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेलगायत सम्भावित कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस