पाकिस्तानको पेसावरमा गोली हानी दुई जना व्यापारीको हत्या « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानको पेसावरमा गोली हानी दुई जना व्यापारीको हत्या


२ जेष्ठ २०७९, सोमबार


इस्लामावाद । पाकिस्तानको पेसावर सहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको छ ।

यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए ।

पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए ।

यस घटनाको कारण खुल्न सकेको छैन । पेसावर प्रहरीका प्रवक्ताले अल्पसङ्ख्यक जातीका ती व्यापारीलाई गोली हानेपछि सो क्षेत्रका सबै पसलहरु बन्द गरिएको थियो ।

ती आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको पेसावर प्रहरी कार्यालयले जनाएको छ ।

उक्त हत्याकाण्डपछि सो क्षेत्रका अल्पसङ्ख्यक जातीका नागरिकले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस