२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्णेश्वरमा एमालेको अग्रता

अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ ।

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो ।

एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ६४१ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका दीपक रिसालले दुई हजार ९३८ मतका साथ पछ्याइरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का गोपाल बरालले २४६ मत पाएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकै सान्नानी लामाले तीन हजार ४८३, काँग्रेसका शान्ति नेपालले दुई हजार ७९९ र नेकपा माओवादी केन्द्रका पेमाछिरि शेर्पाले ६०६ मत पाएका छन् ।

नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन् ।

तीनै वडामा एमालेले वडाध्यक्षसहित प्यानलमा विजयी भएको छ । वडा नं १ मा द्वारिका श्रेष्ठ, वडा नं २ मा मधु तामाङ र वडा नं ३ मा मुरारी कुइँकेलको समूह नै विजयी भएको छ ।

अहिले नगरपालिकाको ४ नं वडाको मतगणना भइरहेको छ । नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालय भवनमा मतगणना भइरहेको हो ।

स्थान अभावका कारण एक पटकमा एउटा मात्र वडाको मतगणना सम्भव भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिइन् ।

गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ ।

वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस