काठमाडौँ महानगर अपडेट : स्थापितभन्दा बालेन ३७ भोटले अगाडि, वडा नम्बर २ मा पनि गणना सुरु « प्रशासन
Logo ९ जेष्ठ २०७९, सोमबार
   

काठमाडौँ महानगर अपडेट : स्थापितभन्दा बालेन ३७ भोटले अगाडि, वडा नम्बर २ मा पनि गणना सुरु


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा बालेनले अग्रता कायम राखेका छन् । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना सुरु भएको छ ।

पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।

हालसम्म ६८० मतको गणना भइसकेको छ, जसमा बालेनले २१६ मत ल्याएका छन् ।

स्थापितले १७९ मत ल्याउँदा सिर्जनाको मत १४१ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस