तुलसीपुरका मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तुलसीपुरका मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ ।

तुलसीपुर –५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डिएसपी श्याम अर्याल बताए ।

दुई वटा बोतल भित्र मट्टितेल हालेर प्रहार गरिएको र यसले कुनै मानवीय र भौतिक क्षति नभएको डिएसपी अर्यालले बताए । अपरिचित समूहले घरको कम्पाउन्ड भित्र दुई वटा बम फ्यालेर भागेको डिएसपी आर्यलले बताए

Tags :
प्रतिक्रिया दिनुहोस