२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा सिसी क्यामेरासहित मतगणनास्थल तयार

अ+ अ-

मनाङ । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ ।

चार वटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरबाट मतगणना गर्न सहज बनाउने उद्देश्यले मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मत गणना गर्न स्थलको निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले जानकारी दिए ।

सदरमुकामस्थित चामे गाउँपालिकाको मतगणना मनाङ जिल्ला अदालतको कार्यालयमा गणना गरिने उनले बताए ।

पालिकाले मतगणनाका लागि स्थलको सुरक्षित तवरबाट तयारी गरिएको मुख्य निर्वाचन खनालले जानकारी दिए । उनका अनुसार मतगणनाका लागि सुरक्षित र सहज हुने गरी सम्पूर्ण तवरबाट व्यवस्थापन गरिएको छ ।

‘मतगणनाका लागि मतगणनास्थललाई सुरक्षित बनाइएको छ’, उनले भने, ‘सबैको चित्तबुझ्दो तवरबाट मतगणनास्थलको व्यवस्थापन गरिएको छ ।’ छिटो मतगणना सम्पन्न गर्ने गरी गणनाको व्यवस्थापन गरिएको उनले बताए।

‘मतगणनास्थललाई कसरी व्यवस्थित, स्वच्छ, निष्पक्ष सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने भन्नेतर्फ प्रतिबद्ध छौँ, आयोगको निर्देशनबमोजिम नै व्यवस्थित मतगणनास्थल निर्माण गरेका छौँ’, उनले भने ।

एक/दुई दिनमा मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । मुख्य निर्वाचनसहित जिल्लाका सबै पालिकामा मतगणना स्थलको व्यवस्थापन गरिएको छ ।

मतगणनास्थलको सम्पूर्ण तयारी पूरा भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देस्थित गाउँपालिकाको भवनमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पलाल शर्माले जानकारी दिए ।

उनका अनुसार नासोँ गाउँपालिकाको पालिका भवन धारापानीमा मतगणना गरिनेछ भने नार्पाभूमि गाउँपालिकाको पालिका भवन च्याखुमा मतगणना गरिने उनले बताए ।

जिल्लाका सबै पालिकाको मतगणनास्थल निर्माण गरिएको उनले बताए । सिसी क्यामेरासहित मतगणनास्थलमा तारबार गरिएको छ ।

बारभन्दा बाहिर उम्मेदवारका प्रतिनिधि बस्ने, गणना गरी सुनाउन माइकिङको व्यवस्था, मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पुग्यो नार्पाभूमिमा निर्वाचन सामग्री

तिब्बतको सिमाना जोडिएको नार्पाभूमि गाउँपालिकामा पैदल यात्रामार्फत निर्वाचन सामग्री पुगेको छ ।

सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदल यात्राबाट निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।

अति दुर्गम क्षेत्रको रुपमा परिचित नार्पाभूमिमा निर्वाचनका सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख शर्माले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान जिल्ला सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मङ्गलबार साँझ मात्रै मतदान केन्द्रमा पुगेका हुन् ।

उनीहरुले मतदान केन्द्रमा सूचना टाँस गर्ने, चार किल्ला तोक्नेलगायतका गतिविधि गरी मतदानको तयारीमा जुटेका छन् ।

जिल्लाका चार वटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभूमिको पाँच मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि मनाङमा २०० बढी कर्मचारी र ७०० बढी सुरक्षाकर्मी खटाइएको छ ।

निर्वाचनका लागि मनाङमा २८ मतदान केन्द्र कायम भएको छ । जिल्लामा नासोँ र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे र नार्पाभूमि गाउँपालिकामा पाँच मतदान केन्द्र कायम भएको छ ।

जिल्लामा छ हजार ४९६ मतदाता छन् । ती मध्ये महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ छन् ।

प्रतिक्रिया दिनुहोस