२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

अ+ अ-

टीकापुर । कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् ।

मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् ।

महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन् पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ ।

लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यस पटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउँछिन् । ‘महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार छान्ने सल्लाह गर्न थालेका छौँ’, उनी भन्छिन्, ‘सबै दलका स्थानीय घोषणापत्रसमेत हेरिरहेका छौँ । उम्मेदवारको यसअघिको क्रियाकलापलाई समेत ध्यान दिएका छौँ ।’

यस पटक स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार पनि कम छन् । प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरिए पनि कतिपय ठाउँमा दुवै पदमा पुरुष उम्मेदवार छन् ।

यसले अझ महिलाको नेतृत्वलाई घटाउने जोखिम बढेको महिला मतदाता बताउँछन् । जानकी गाउँपालिकाकी लिला जैसी महिलाका मुद्दामा सबैभन्दा बढी संवेदनशील हुनुपर्ने सरकार र दलहरु नै हुनुपर्ने बताउँछिन् ।

‘हामीले उम्मेदवारले यसअघि सामाजिक भूमिका रहँदा महिलाको समानताका लागि गरेका कामबारे पनि मूल्याङ्कन गर्छौँ’, उनले भनिन्, ‘यसका साथै दलले महिलालाई अवसर दिँदा प्राथमिकता कतिको दिएको इतिहास छ भन्ने कुरा पनि हेर्ने हो । यस पटक महिला मतदाता सचेत हुनुपर्छ ।’

टीकापुरकी रुविना चौधरी सबै समुदाय र क्षेत्रका मानिस समेटेर मैदानमा उत्रिएका उम्मेदवार जिताउने तयारीमा रहेको बताउँछिन्। ‘समाज विकासका लागि सक्षम र काम गर्ने इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ’, उनी भनिछन्, ‘निर्वाचनमा उम्मेदवार भएका यसअघि समाजमै क्रियाशील हुनुहुन्छ । यसअघि उहाँहरुले महिलाका विषयमा गरेका काम पनि हेर्छौँ, अवसर र सक्षमताका लागि पहल गरेका कार्यबाट उहाँहरुलाई मूल्याङ्कन गर्ने हो ।’

महिला दलका घोषणापत्रमा स्वास्थ्य सेवा, शिक्षा, कृषिजस्ता कुरा मात्र समेटिएका गुनासो गर्छन् । राजनीतिक दलले महिलाका साना साना समस्या समाधानमा ध्यान दिने खालका घोषणा गरेको देखिँदैन ।

टीकापुरकी प्रियङ्का परियार महिलालाई स्वरोजगार बनाउने, रोजगारीमा प्राथमिकता दिनेजस्ता प्रतिबद्धता आउनुपर्ने बताउँछिन् । ‘दलका प्रतिबद्धता पत्र हेर्दा गरे पनि हुने, नगरे पनि अपजस नपाउने खालमा छन् । महिलाका लागि यो यो गर्छौँ भनी लेखेको देखिँदैन’, उनी भनिछन्, ‘जस्तै उपभोक्ता समितिमा ५० प्रतिशत महिला राख्छौँ भन्न सक्नुपर्छ, पालिमा गठन हुने हरेक समिति वा कार्यक्रममा अनिवार्य ५० प्रतिशत महिलाले अवसर पाउँछन् किन भन्न नसकेका ? यो समयमा यी मसिना कुराहरुमा महिला मतदाता सचेत बन्न जरुरी छ ।’

जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन् । जसमा महिलाको सङ्ख्या बढी छ । कैलालीमा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन् ।

११ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । पुरुषको तुलनामा महिला मतदाता बढी भए पनि यहाँ पालिकाको नेतृत्वमा महिला धेरै आउनेमा चिन्ता बढेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकामा मात्रै सत्ता गठबन्धनबाट सुशीला शाही प्रमुख पदमा महिला उम्मेदवार छिन् । बाँकी अन्य पालिकामा प्रमुख पदमा पुरुषकै वर्चस्व छ । यसले पनि महिलालाई प्रमुख पदमा पुगाउन दलहरु समेत सच्चिन आवश्यक रहेको महिलाकै आवाज छ ।

महिला अधिकारकर्मी गोमा आचार्य महिला मतदाताको सङ्ख्या बढी भए पनि दलहरुले निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई पाखा लगाएकाले यस पटक कैलालीका महिला महिलाका मुद्दामा काम गर्ने उम्मेदवार छान्नुपर्छ भन्नेमा सचेत रहेको बताउँछिन् ।

‘वर्षौँ राजनीतिमा लागेका, सक्षम महिलाले पनि अवसर पाउन कठिन छ । त्यसैले मतदाता महिलाले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आवश्यक छ’, उनी भन्छिन्, ‘महिलाको उपस्थिति बलियो बनाउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस