२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : आचारसंहिता उल्लङ्घनमा मौखिक उजुरी बढ्दै

अ+ अ-

दमौली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् ।

राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो ।

दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। ‘मौखिक उजुरी आउने क्रम बढेको छ, लिखित रुपमा भने आएको छैन’, ढकालले भने, ‘उल्लङ्घनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौँ ।’

निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीभर स्टिकर टाँस्ने, ठुला झन्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ । यसका साथै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा शिक्षक तथा कर्मचारी सहभागी भएर आचारसंहिता उल्लङ्घन भइरहेको छ ।

आचारसंहिता कडाइ गर्न सुरक्षा निकायसँग छलफलको तयारी गरिएको ढकालले बताए । ‘निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्छौ’, ढकालले भने । निर्वाचन कार्यालयले दशवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक निर्वाचन सामग्री पठाउनका लागि प्याकिङ गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

साथै कर्मचारी छनौट गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ । कर्मचारी छनौट गरिएपछि तालिम दिएर कर्मचारीलाई मतदान स्थल पठाइने ढकालले बताए ।

वैशाख २१ गतेभित्र कर्मचारी छनौट गरी २३ र २४ गते तालिम दिने तयारी छ । २७ गतेभित्र दशवटै पालिकामा कर्मचारी परिचालित भइसक्नेछन् ।

कर्मचारीसँगै मतपत्र र आवश्यक सामग्री मतदान स्थल पुर्‍याइनेछ । जिल्ला प्रहरी कार्यालय तनहुँले दशवटै पालिकामा म्यादी प्रहरी पनि परिचालित गरिसकेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारको विवरण सङ्कलन सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँ शाखाले पत्रकारलाई आचारसंहितामा कडाइ गरेको हो ।

निर्वाचनका बेला पत्रकारबाट आचारसंहिता उल्लङ्घन हुन सक्ने भएकाले यथार्थ विवरण सङ्कलनका लागि अनुगमन सुरु गरिएको महासङ्घका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस