नेपाल एयरलाइन्सका अध्यक्षले ‘ह्यारेसमेन्ट’ गर्दा कर्मचारी बेहोस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल एयरलाइन्सका अध्यक्षले ‘ह्यारेसमेन्ट’ गर्दा कर्मचारी बेहोस


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पटक–पटक मानसिक यातना दिएपछि विक्षिप्त बनेका निगमकै कर्मचारी देवराज ओझा अध्यक्षकै कार्यकक्षमा बेहोस भएका छन् ।

यसअघि नै पटक पटक कार्यकक्षमा बोलाएर दुर्व्यवहार गरेकोमा सोमबार पुनः कार्यकारी अध्यक्षको कार्यकक्षमा बोलाइएका ओझा अचानक ढलेपछि उनलाई मोडेल अस्पतालमा लगिएको छ ।

निगमको नजिकै रहेको वीर अस्पताल हुँदा हुँदै अधिकारीले आफ्नै गाडीमा राखेर मोडल अस्पताल पुर्‍याएपछि कर्मचारी आक्रोशित बनेका छन् ।

मोडलमा अधिकारीकी पत्नी कार्यरत रहेकाले षड्यन्त्रपूर्वक ल्याइएको भन्दै कर्मचारीले अहिले अस्पताल घेराउ गरेका छन् । ओझामाथि मानसिक दबाब परेको र उनी बेहोस हुनुअघि कार्यकक्षमा के भएको थियो भन्ने थाहा नभएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस