२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा निर्वाचनको तयारी तीव्र

अ+ अ-

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तयारी तीव्र रूपमा चलिरहेको छ ।

उम्मेदवारले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । पार्टीको झन्डा, ब्यानर तथा चुनाव चिन्हसहित जुलुसका साथ उम्मेदवार टोलटोल तथा घरघरमा पुग्न थालेका छन् । उम्मेदवारले आफ्नो पार्टीको प्रतिबद्धता र घोषणापत्र लिएर जनतालाई रिझाउन थालेका छन् ।

मकवानपुरको १० स्थानीय तहको ग्रामीण तथा दुर्गम क्षेत्रमा निर्वाचनको चहलपहल ह्वात्तै बढेको छ । घरदैलो कार्यक्रम शान्तिपूर्णरुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार तीन लाख २५ हजार मतपत्र आइपुगेको छ । निर्वाचनका लागि आवश्यक सामग्री प्रदेश निर्वाचन कार्यालयबाट ल्याउन बाँकी छ ।

प्रदेश निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत लुम्वनाथ पोखरेलका अनुसार मतपत्र मतदान स्थलमा यही वैशाख २७ गतेसम्म वितरण गरिने छ ।

निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गर्ने तयारी भइरहेको छ । निर्वाचनमा जिल्लामा करिब एक हजार ८०० भन्दा बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल ५३० पदका लागि निर्वाचन हुँदै छ ।

जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र कायम गरिएको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दुई लाख २६ हजार ७५९ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस