२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति देउवाप्रति काँग्रेसका बागी उम्मेदवार आक्रोशित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र बिपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै बिपीको आदर्श र सिद्धान्तमा अडिग छौँ । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’

देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए । तर, उनी फकिएनन् । बागी उम्मेदवारी फिर्ता लिएनन् । नलिएपछि उनलाई शुक्रबार नै काँग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।

देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन्– विमल कार्की । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका कार्कीले देउवाले काँग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढङ्गले निर्वाचनमा तालमेल गरेको बताएका छन् ।

उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन् । सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए । अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो । धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन् ।

प्रतिक्रिया दिनुहोस