२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालद्धारा दक्षिण अफ्रिकाका बाढी पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी–पहिरोमा परेकालाई नेपालले सहायता गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रेटोरियास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबिच बाढी-पहिरो पीडितका लागि खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको हो।

दूतावासका उपप्रमुख ज्ञानबहादुर मगरले दक्षिण अफ्रिकाको सामाजिक विकास विभागकी उपप्रमुख क्याथे मातामेलालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै नियोग उपप्रमुख मगरले बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । २०७२ को महाभूकम्पमा अफ्रिकाबाट नेपाललाई आएको सहयोगको स्मरण गर्दै उनले अहिलेको सहयोग एक मित्रका लागि अर्को मित्रका तर्फबाट भएको बताए।

विभागकी उपप्रमुख मातामेलाले आवश्यक परेका बेला सहयोग गरेकोमा नेपाल र दक्षिण अफ्रिकास्थित नेपाली समुदायलाई आभार व्यक्त गरिन्।

नेपालले दिएको सहयोगमा चामल, पिउने पानी, ब्लांकेट, तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु छन्।

वैशाख पहिलो साता दक्षिण अफ्रिकाको क्वाजुलु-नातान प्रान्तलगायत ठाउँमा आएको बाढीको बाढी पहिरोमा परी ४३५ जनाले ज्यान गुमाएका थिए भने लाखौँ मानिस विस्थापित भएका छन्।

पछिल्लो समय नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाएको थियो।

तालिबानले कब्जा गरेको अफगानिस्तानमा चार्टर्ड जहाजबाट गत माघ २ गते मानवीय सहायता पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस