२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वार्षिक व्यापार घाटा १७ खर्ब पुग्ने प्रक्षेपण

अ+ अ-

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ ।

विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ ।

विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढेको आयात र निर्यातले पनि प्रक्षेपित आर्थिक वृद्धि हात पार्न सघाउने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । यो वर्ष सरकारले ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना (साउन–चैत)सम्म आइपुग्दा व्यापार घाटाको आँकडा १३ खर्ब भन्दा माथि छ । भन्सार विभागको तथ्याङ्क अनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात भने१ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०।१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ । ९औँ महिनासम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सा समेत बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस