२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उच्च अङ्ककाे गिरावट

अ+ अ-

काठमाडौँ । धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रूपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ मा ओर्लेको छ ।

ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६.१९ अङ्कले ओरालो लागेर ४५४.६९ मा ओर्लेको छ । कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर रु दुई अर्ब चार करोड २२ लख ५३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

होटेल तथा पर्यटन ४.०४ र सामूहिक लगानी कोष ०.१३ अङ्कले उकालो लागेको छ । बैङ्किङ १६.५, व्यापार ९.०९, विकास बैङ्क ८६.८७, जलविद्युत् ५१.९१, वित्त २६.६१, निर्जीवन बिमा १५०.०९, उत्पादन ५४.२५, अन्य ४२.४१, लघुवित्त ७६.८६, जीवन बिमा १९९.३१ र लगानी १.५८ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ९४ अर्ब नौ करोड ५१ लाख ६७ हजार ६२ बराबर पुगेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको आठ करोड ११ लाख ९१ हजार ८२४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट छ करोड ६२ लाख आठ हजार १६४, हिमालयन डिस्टिलरी छ करोड ४३ लाख २४ हजार ३९४, अपी पावर कम्पनी पाँच करोड ६८ लाख १५ हजार ८३० र एनआइसि एसिया बैङ्क पाँच करोड ३८ लाख ६७ हजार ६६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्त ९.९९, सिद्धार्थ इक्विटी फण्ड ४, एनआइबिएल प्रगति फण्ड ३.७१, आरबीबी म्युचुअल फण्ड एक ३.७०, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । सेन्ट्रल फाइनान्स ५.३३, रसुवागढी हाइड्रोपावर ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर कम्पनी ४.४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस