२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : बैतडीमा उम्मेदवार छनोटमा ढिलाइ, मनोनयन आज मात्रै

अ+ अ-

बैतडी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बैतडीमा हिजो (आइतबार) प्रमुख दलका उम्मेदवारको मनोनयन हुन सकेको छैन । उम्मेदवार छनोटमा ढिलाइ हुँदा मनोनयन हुन नसकेको हो ।

नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुङ्गो नलाग्दा मनोनयनको समय आज सोमबार गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए।

उनले भने, ‘जिल्लाका सबै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयलाई लिखित रुपमै सोमबार मनोनयन गर्छौँ भनेर पत्र पठाएका छौँ, सोहीअनुसार मनोनयन हुन्छ ।’

नेकपा एमालेले पनि आज मात्रै मनोनयन गर्ने जनाएको छ । एमाले उपसचिव लोकेन्द्र भण्डारीका अनुसार उम्मेदवारको टुङ्गो ढिलाइ भएकाले सोमबार मात्रै मनोनयन गरिनेछ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले पनि आज मात्रै मनोनयन दर्ता हुने जनाएको छ ।

नेपाली काँग्रेसका कार्यालय सचिव अनिल विष्टका अनुसार सूर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउदलाई उम्मेदवार बनाएको छ ।

शिवनाथको उपाध्यक्ष भने गठबन्धन दललाई दिइनेछ । यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ ।

ती दुवै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको छ । डिलाशैनी गाउँपालिकाको उपाध्यक्ष पदका लागि भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ भने अध्यक्ष पदको उम्मेदवार भने गठबन्धन दललाई दिइएको छ ।

दशरथचन्द नगरपालिकाको प्रमुखमा गजेन्द्रसिंह रावल र उपप्रमुखमा कौशिला चन्द, पाटन नगरपालिकाको मेयरमा गौरसिंह रावल, मेलौली नगरपालिकाको प्रमुखमा प्रेमबहादुर चन्द र उपप्रमुखमा पार्वती विष्टलाई उम्मेदवार बनाएको छ ।

पाटन नगरपालिकाको प्रमुख पदमा भने गठबन्धन दलको उम्मेदवार हुने बताइएको छ । पुर्चौंडी नगरपालिकाको प्रमुखमा दीपकबहादुर बमलाई उम्मेदवार बनाएको छ ।

एमालेले पनि बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाको प्रमुखमा पुष्करराज जोशी (लख्खाभाइ) र उपप्रमुखमा सरस्वती नेपाली, पाटन नगरपालिकाको प्रमुखमा नारायण भण्डारी र उप प्रमुखमा हरु भट्ट, मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उप प्रमुखमा चन्द्रकला साउद र पुर्चौँडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उप प्रमुखमा जानकी साउदलाई उम्मेदवार बनाएको छ ।

जिल्लाको सूर्नया गाउँपालिकामा राप्रपासँग चुनावी तालमेल गरेको एमालेले अध्यक्ष पदमा अम्मरबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दलाई उम्मेदवार बनाइएको छ ।

सिगास गाउँपालिकाको अध्यक्षमा जस्बिर बोहरा र उपाध्यक्षमा धाना धामी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बिना भट्ट र शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदलाई उम्मेदवार बनाएको छ ।

दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की, उपाध्यक्षमा पार्वती कार्की र डिलाशैनी गाउँपालिकाको अध्यक्ष अक्कल राना, उपाध्यक्षमा लिला जोशीलाई उम्मेदवार बनाएको छ ।

ती दुवै पालिकामा उपाध्यक्षको उम्मेदवार टुङ्गो लाग्न बाँकी रहेको एमाले उपसचिव लोकेन्द्र भण्डारीले बताए ।

नेकपा माओवादी केन्द्रले बैतडीका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । कुनै तहमा चुनावी तालमेल र कुनै तहमा एक्लै चुनाव लड्ने गरी उम्मेदवारको टुङ्गो लागेको माओवादी केन्द्रका जिल्ला संयोजक शङ्कर भण्डारीले बताए ।

दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको माओवादीले प्रमुखमा प्रेमसिंह थापालाई उम्मेदवार बनाएको छ । पाटनको उप प्रमुखमा कमल बोहरालाई उम्मेदवार बनाएको छ ।

मेलौली नगरपालिकाको प्रमुखमा भीमबहादुर चन्द र उप प्रमुखमा मनिषा दयाल र पुर्चौँडीको प्रमुखमा विक्रम कुँवर र उप प्रमुखमा नन्दा शाहलाई उम्मेदवार चयन गरेको हो ।

सिगास गाउँपालिकाको अध्यक्षमा रामसिंह साउद र उपाध्यक्षको टुङ्गो लाग्न बाँकी रहेको छ । सूर्नयामा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीले उपाध्यक्ष पदमा स्वेता भट्टलाई उम्मेदवार बनाएको छ ।

दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम), शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउद र डिलाशैनीको अध्यक्षमा लोकेन्द्र रानालाई उम्मेदवार बनाएको छ ।

नेकपा एकीकृत समाजवादीले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस