२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान स्थल र केन्द्रको अनुगमन

अ+ अ-

मोरङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदान स्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ ।

पहाडी क्षेत्र तथा नेपाल–भारत सीमासँग जोडिएका पालिकाका संवेदनशील मतदान स्थलमा उक्त समितिले अनुगमन गरेको हो ।

जिल्लाका कतिपय मतदान स्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थल संवेदनशील देखिएको सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागी गर्न सकिने उपायका विषयमा जनप्रतिनिधि तथा स्थानीय समुदायसँग सुरक्षा समितिले छलफल गरेको छ । अनुगमनमा प्रमुख जिल्ला अधिकारी दाहालसहित जिल्लास्थित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागिता थियो ।

स्थानीय तहका निर्वाचनका लागी विद्यालय तथा वडा कार्यालयलाई मतदान स्थल तोकिएको छ । अनुगमनका क्रममा केही मतदान स्थल सानो एवं साँघुरो रहेकाले त्यसलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ ।

मिक्लाजुङ गाउँपालिकासहित केही पालिकाको विकट स्थानमा रहेका मतदान स्थलमा हेलिप्याडको व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ ।

निर्वाचनका लागि ३०० मतदान स्थल तथा ८२० मतदान केन्द्र तोकिएको छ । प्रजिअ दाहालले आचारसंहिता पालना गराउन राजनीतिक दलहरूको प्रतिबद्धतासहित निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे । सुरक्षा समितिका अनुसार तोकिएको मतदानस्थलमध्ये ४९ वटालाई अति संवेदनशील १५५ वटालाई संवेदनशील तथा ९६ वटालाई सामान्य मतदान स्थलको रूपमा लिइएको छ ।
यस पटकको निर्वाचनमा मोरङमा ७० वटा मतदान केन्द्र थप गरिएको उनले बताए ।

जिल्लामा सात लाख १५ हजार २२३ मतदातामा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ जना छन् । एक लाख ४० हजार नयाँ मतदाता थपिएकामा पुरुष ७१ हजार ९५४, महिला ६८ हजार ७६४ र अन्य छ रहेका छन् ।

जिल्लामा रहेको एक महानगरपालिका, सात नगरपालिका र नौ गाउँपालिकाका मतदाताले आफ्नो मताधिकारको प्रयोग गरी जनप्रतिनिधि निर्वाचित गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस