काठमाडौँ । पटक–पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा आउने शनिवार नै हुने भएको छ।
निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागु हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि ६६० भन्सार एजेन्टको परीक्षा वैशाख १७ मै हुने भएको हो।
अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर भन्सार एजेन्टको इजाजत पत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेको थियो।
सुरुमा कोरोना र पछि विभिन्न कारण देखाउँदै परीक्षा स्थगित भइरहेको थियो।
