२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र कायम

अ+ अ-

वीरगन्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदान स्थल तथा मतदान केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगन्ज महानगरपालिकामा ५५ मतदान स्थल र १४३ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । यसै गरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदान स्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसै गरी क्रममा पोखरीमाया ११ मतदान स्थल र २४ मतदान केन्द्र, बहुदरमाईमा ११ मतदान स्थल र २८ मतदान केन्द्र तथा पर्सा गढी नगरपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको हो ।

यसै गरी विन्दवासनीमा नौ मतदान स्थल र २० मतदान केन्द्र, पकहामैनपुरमा छ मतदान स्थल र १५ मतदान केन्द्र धोवनीमा सात मतदान स्थल र १६ मतदान केन्द्र , छिपहरमाईमा आठ मतदान स्थल र २० मतदान केन्द्र, कालिकामाईमा नौ मतदान स्थल र १८ मतदान केन्द्र, जगरनाथपुरमा ११ मतदान स्थल र २३ मतदान केन्द्र, जिराभवानीमा ११ मतदान स्थल र २३ मतदान केन्द्र, पटेवासुगौलीमा आठ मतदान स्थल र १७ मतदान केन्द्र, सखुवाप्रसौनीमा सात मतदान स्थल र २१ मतदान केन्द्र तथा ठोरी गाउँपालिकामा सात मतदान स्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा कार्यालय कार्यालय प्रमुख झाले बताए ।

जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता छन् ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६ छन् ।

प्रतिक्रिया दिनुहोस