२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौँ : मन्त्री मोक्तान

अ+ अ-

हेटौँडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनताको आवश्यकता र मागअनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने बताएकी छन् ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा हिजो (मंगलबार) हेटौँडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रममा उनले सामाजिक विकास मन्त्रालय सबै वर्ग र क्षेत्रको समस्या समाधान गर्न गम्भीर रहेको बताउँदै चालु आवको बजेट तथा कार्यक्रम छिटो र प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिइन् ।

उनले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझाव पनि माग गरिन् । अपाङ्गता भएकाको क्षमता अभिवृद्धिमूलक कार्यक्रम मात्र नभई दक्ष जनशक्ति उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री मोक्तानले अपाङ्गता भएकाले छिटो र सहजरूपमा सूचना लिन पाउने व्यवस्था गर्न आफूले पहल गर्ने बताइन् ।

पछाडि पारिएका समुदायको हक अधिकार वृद्धि गर्न ऐन, कानुन बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिएको उनले जिकिर गरिन्। उनले भनिन्, ‘प्रक्रिया अगाडि बढाउँदै जाँदा कहीँ न कहीँ संविधानले दिएको हकलाई पूर्णता दिन सक्दैन, कतै छुट्ला कि भनेर उहाँहरुलाई मस्यौदा बनाउन दिएको हो’, उनले भनिन्, ‘बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले असाध्यै महत्त्वपूर्ण स्थान दिएको छ, महिला, बालबालिका, अपाङ्गतासम्बन्धी नीति, कानुन निर्माण गर्दा सम्बन्धित क्षेत्रका गैरसरकारी सङ्घसंस्थालाई मस्यौदा बनाउन दिएका थियौँ ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत उषा गौतम, हेटौँडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटालगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय बहिरा महासङ्घ बागमती प्रदेशका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घ नेपालका महासचिव सन्तोष केसीले प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस