काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी बैठक बसेको हो ।
बैठकमा चुनावी तयारी र तालमेलबारे छलफल हुने बताइएको छ ।
सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने निर्णय भएपछि कहाँ कसले उम्मेदवार उठाउने भन्ने निर्णय भइसकेको छैन ।
माओवादी महाधिवेशनबाट पदाधिकारी चयन नभएकोले प्रचण्डले पूर्वस्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।