२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताएका छन् ।

नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताए ।

शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताएका छन् ।

‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ’, उनले सन्देशमा भनेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जारी गरेको सन्देशमा आजसम्मका जनसङ्घर्ष जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा एवं विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी आन्दोलन सफल बनाउन सम्पूर्ण देशवासीको निरन्तर साथ रहनेमा विश्वास व्यक्त गरे।

‘बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछ’, उनले भनेका छन् , ‘नयाँ वर्ष २०७९ को सुरुआतसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ ।’

प्रतिक्रिया दिनुहोस