२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचन सम्पन्न गर्न श्रोत साधनको कमी रहँदैन’

अ+ अ-

राँझा । निर्वाचन आयोगकी आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न श्रोत साधनको कमी नरहने बताएकी छन् ।

नेपालगन्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुभव र कार्यशैलीले निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका बताइन् ।

उनले भनिन् ‘निर्वाचनमा खटिएका सबै कर्मचारीको बुझाइ साझा र एकरुपता हुनुपर्छ । स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि कुनै पनि कुराको कमी नराखीकन गर्ने दायित्व र जिम्मेवारी रहेको छ’, उनले भनिन्, ‘निर्वाचनको व्यवस्थापनको कुरा गर्दा निर्वाचनको दिन मात्रै नभएर निर्वाचनको समग्र मतदान केन्द्र, मतदान स्थल, मतगणना, जनशक्ति व्यवस्थापनलगायतका आम मतदाताले सहजरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने जिम्मेवारी र दायित्व पनि छ ।’

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग समन्वय र सहकार्य गर्दै सबैले आ–आफ्नो जिम्मेवारी र दायित्वमा एकरुपता लिन कार्यक्रमले सहयोग पुर्‍याउने आयोगको अपेक्षा रहेको उनको भनाइ छ ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली जिल्लाको १० जिल्ला र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्ला गरी १३ वटा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, १३ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको जानकारी दिए ।

उनले निर्वाचन सम्पन्न गर्न धेरै कुराको विचार गर्नुपर्ने अवस्था आउने भएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्ने बताए । ‘आफूले मात्रै राम्रो गरेर हुँदैन अरुले पनि राम्रो गरिदिनुपर्छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्दछ’, उनले भने, ‘मतदान केन्द्रमा खटिएको एउटा कर्मचारीलाई गर्ने काम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँग पनि जोडिएर आउने भएकाले सबैलाई उत्तिकै जिम्मेवार र जागरुक बनाउनु जरुरी हुन्छ ।’

प्रतिक्रिया दिनुहोस