२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा समाजवादी कार्यक्रम ल्याइने : मुख्यमन्त्री पाण्डे

अ+ अ-

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष २०७८/७९ मा वडा समाजवादी कार्यक्रम ल्याइने बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको आगामी आव २०७८/७९ को बजेट तर्जुमाका लागि अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उनले सरकारमा सामेल तीन वटै दलको नीति समाजवाद भएकाले वडामा पाइलट कार्यक्रमका रूपमा उक्त कार्यक्रम लैजानुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

उनले योजना बनाउँदा बहु वर्षीय योजनाका दायित्व छुट्याएर नयाँ योजना बनाउन मन्त्रालयलाई निर्देशन दिए ।

प्रदेश गौरवका योजना बनाउँदा मापदण्ड बनाइने, न्यूनतम साझा कार्यक्रममा आधारित भएर कार्यक्रम बनाइने र साधारण खर्चमा कमी ल्याइने मुख्यमन्त्री पाण्डेले बताए ।

सीपयुक्त जनशक्ति निर्माण गर्नका लागि औद्योगिक पाठशाला र किसान पाठशालाको आवश्यकता रहेको उनको भनाइ छ । यसका साथै शैक्षिक क्षेत्रमा ध्यान दिइनेसमेत उनले बताए ।

संसदमा रहेको विषयगत समिति र सबै दलसँग सुझाव लिएर कार्यक्रम तथा योजना ल्याउन पनि मुख्यमन्त्री पाण्डेले मन्त्रीलाई निर्देशन दिए ।

त्यसै गरी आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयमा हस्तक्षेप नगर्ने बताउँदै न्यायोचित ढङ्गले बजेट सिलिङ गरिने जनाए। साथै बजेटलाई निरुत्साहित गरिने मन्त्री जम्कट्टेलले बताए । पुँजीगत र चालु खर्चलाई सन्तुलित सन्तुलित बनाइने उनको भनाइ छ ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सरकारले एकीकृत बस्तीको योजना बनाउँदा रोजगारीको पनि व्यवस्था गरिनुपर्ने वा उत्पादनको सुनिश्चितता गरिनुपर्ने बताइन् । शिक्षालाई प्राथमिकतामा राख्न उनले सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस