२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन :आचारसंहिता कार्यान्वयनका लागि आयोगले लियो दलहरूको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ ।

आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई आज (मंगलबार) आयोगमा बोलाएर आचारसंहिता उल्लङ्घन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो ।

निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघि आयोगले दलहरूसँग छलफल गरी निर्वाचन आचारसंहिता–२०७८ जारी गरेको थियो । त्यही आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहरूको प्रतिबद्धता लिइएको आयोगका शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूले प्रतिबद्धता जनाएको बताए ।

‘आयोगले यसअघि नै निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गरेर आचारसंहिता तयार गरेको हो । त्यसमा प्रतिबद्धता लिने पुरानै अभ्यास हो, त्यही क्रममा आयोगले यसपटक पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो,’ उनले भने, ‘केही साथीहरूले त्यसबारे जिज्ञासा राख्नुभयो, तर आयोगले त्यसबारे प्रस्ट पारेपछि सबैले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ, मैले पनि पार्टीको तर्फबाट प्रतिबद्धता जनाएँ ।’

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले पनि आयोगले जारी गरेको आचारसंहितामा हस्ताक्षर गरेर प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस