२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको वडा तहसम्मै प्रचार संयन्त्र, केन्द्रमा ‘मिडिया सेन्टर’स्थापना

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा नेपाली काँग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

समितिको बैठकको निर्णयमा भनिएको छ, “प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगर र वार्ड कार्यसमितिमा आवश्यकता अनुसार प्रचार संयन्त्रको गठन गर्न निर्देश गर्ने ।”

काँग्रेस सभापति देउवाले डा. महतको संयोजकत्व रहेको स्थानीय निर्वाचनको केन्द्रीय प्रचार प्रसार समितिमा शुक्रबार ६७ जना मनोनयन गरेका थिए । सो समितिको शुक्रबार बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ ।

समितिले भनेको छ, “प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने । स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने ।”

समितिले पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामाग्री निर्माण गर्ने र रेडियो, एफएम,टी.भी, प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाल जस्ता विभिन्न सञ्चार माध्यमहरूबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय पनि गरेको छ ।

समितिले उक्त कार्यका लागी पार्टी सम्बद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी , सञ्चारकर्मी र अन्य पेसागत संस्थाहरूलाई परिचालन गर्ने तथा प्रचार सामाग्री, उत्पादन तथा सञ्चारका लागि आवश्यक उप–समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

समितिले नेपाली काँग्रेसका सम्पूर्ण जानकारी दिन मिल्ने गरी एक एप बनाउने र त्यसलाई प्रचार प्रसारका लागि उपयोग गर्ने तथा आवश्यकता अनुसार परिष्कृत गर्दै जाने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस