मन्त्रिपरिषद् निर्णय : तीन डिआइजीको बढुवा गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् निर्णय : तीन डिआइजीको बढुवा गर्ने


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले नेपाल प्रहरीका तीन जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज (बिहीबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लोक सेवा आयोगले तीन डिआइजीलाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको थियो। लोक सेवाको अनुमतिसँगै सरकारले उनीहरुलाई बढुवा गरेको हो।

सम्बन्धित समाचार : तीन डिआइजीको बढुवा सिफारिस लोक सेवाद्वारा सदर

Tags :
प्रतिक्रिया दिनुहोस