तीन डिआइजीको बढुवा सिफारिस लोक सेवाद्वारा सदर « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

तीन डिआइजीको बढुवा सिफारिस लोक सेवाद्वारा सदर


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । तीन प्रहरी नायब महानिरीक्षक(डिआइजी)लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई लोक सेवा आयोगले सदर गरेको छ । यससँगै सरकारलाई बढुवाका लागि बाटो खुलेको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डिआइजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धिरज प्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : धानुक, पन्त र सिंहको नाम एआईजीमा सिफारिस

उक्त निर्णयसँगै वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डिआइजी ईश्वरबाबु कार्कीले लोक सेवा आयोगमा उजुरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस