धानुक, पन्त र सिंहको नाम एआईजीमा सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धानुक, पन्त र सिंहको नाम एआईजीमा सिफारिस


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीत्रय रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धिरज प्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार : एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी

यससँगै अव धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आइजिपीको दौडमा मिसिएका छन् । उस्तै परे अबको आइजीपीमा सिंहले बाजी मार्ने आँकलनसमेत गृह वृत्तमा हुन थालेको छ ।

पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् र उनीसँगै अवकाश पाउने भएकोले उनलाई सम्मानका लागि मात्रै बढुवा गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस